रसुवाको बाढी जलवायु परिवर्तनको कारण हो कि ख्याल गरियोस : विश्वप्रकाश शर्मा

मंगलबार, असार २४, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले रसुवाको लेन्दे नदीमा आएको बाढीले पुर्‍याएको क्षतिपछि उद्धार र राहतलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।  प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै मंगलबार शर्माले वर्षायामसँगै गम्भीर घटना हुन थालेको भन्दै सरकार सचेत हुनुपर्ने बताए । उनले बाढी जलवायु परिवर्तनको कारण हो कि के हो यसतर्फ पनि ख्याल गर्ने समेत बताए ।  ‘रसुवाको लेन्दे नदीमा १८ बढी बेपत्ता, नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ । एक सय बढी कन्टेनर गाडी बगाएको दुःखद् खबर आएको छ । जल्दै गरेको चितासहितको लास बगाएको मार्मिक घटना सार्वजनिक भएको छ,’ शर्माले भने ।  उनले भने,‘नेपालले प्राकृतिक विपत्ति व्यहोर्दै आएको छ । असोज १२ मा पनि विपत्ति बेहोर्‍यौं । घटनापूर्व विपत्को सामना गर्ने तयारी सरकारले गरोस् । बाढी जलवायु परिवर्तनको कारण हो कि के हो, के यसतर्फ पनि ख्याल गर्नुपर्छ,’ उनले भने । 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार