जुम्ला गुठिचौरको ठूलोहाँका पाटनमा चट्याङ : २ सय भेडा मरेको अनुमान

मंगलबार, असार २४, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

मुगु ।  जुम्लाको गुठिचौर गाउँपालिका वडा नं. ५ स्थित ठूलोहाँका पाटनमा चट्याङ पर्दा एकजना गम्भीर घाईते भएका छन् । पाटनमा भेडा चराउन गएका सिंजा गाउँपालिका वडा नं. ५ घर भएका अन्दाजी ५० वर्षका धनबहादुर रावत चट्याङ लागेर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी रविन बाबु रेग्मीले चट्याङबाट पाटनमा राखिएका झण्डै २ सय भेडा मरेको अनुमान गरिएको छ । पाटनबाट गोविन्द बुढाले दिएको जानकारी अनुसार २ सय भेडा मरेका छन् । ६ जना किसानका २ सय भेडा मरेका हुन् । ६ जना किसानको करिब ९ सय भेडा पाटनमा राखिएको थियो ।यदपि एकिन विवरण भने आउन बाँकि छ । डिएसपी रेग्मीका अनुसार घटनाको विवरण बुझ्ने प्रयास भईरहेको छ । त्यस्तै प्रतिनिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले पाटनमा अलपत्र नागरिकको हवाई सेवा मार्फत उद्वारको प्रयास भईरहेको बताएका छन् । जिल्लामा सिडिओ र गृहमन्त्री संग छलफल भईरहेको मौसमले साथ दिए हेलिकप्टरबाट उद्वार गरिने उनले जानकारी दिएका छन ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १४:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार