सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा गठित संसदीय छानबिन समितिको बैठक सुरु भएको छ । सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरमा समितिको बैठक सुरु भएको हो । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्न सोमबार ७ सदस्यीय विशेष समिति गठन भएको थियो । समितिको संयोजकमा कांग्रेस सांसद जीवन परियार रहेका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको सोमबारको बैठकमा उक्त समितिको घोषणा गरेका हुन । समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएको छ । यो समितिलाई ४ बुँदे कार्यादेश दिइएको छ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिमा नेपाली कांग्रेस र एमालेबाट २–२ तथा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहेका छन् । समिति सदस्यमा सुशीला थिङ, एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् ।