सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विदेशबाट भित्रिने रेमिट्यान्स साढे १५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सावर्जनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितिसम्बन्धि तथ्यांकले आर्थिक वर्ष (आ.व) २०८१/८२ को एघार महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १७.२ प्रतिशतले बढ़ेको थियो । २०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह १७६ अर्ब ३२ करोड़ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १२८ अर्ब ९१ करोड रुपैयाँ Þरहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५. २ प्रतिशतले बढ़ेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४४३ अर्ब १० करोड़ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८ हजार ६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तों सड़ख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० रहेको थियो ।