बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताको छलफल

मंगलबार, असार २४, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन् । समसामयिक परिस्थिति, बाढी पहिरो र डुबानको क्षति तथा उद्धारलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार