रसुवाको बाढिपीडितको उद्धार र राहतमा खटिन देउवाको अपिल

मंगलबार, असार २४, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रसुवाको भोटेकोशी लगायत क्षेत्रमा आएको बाढिको क्षतिप्रति गरिहो दुख व्यक्त गरेका छन् ।  देउवाले सामाजिक संजाल मार्फत रसुवाका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता लगायत सबैलाई उद्धार र राहतमा खटिन पनि अपिलसमेत गरेका छन । ‘रसुवाको भोटेकोसी नदिमा आएको बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु, बाढि प्रभावित क्षेत्रमा उद्दार र राहतलाई प्रभावकारी रुपमा तत्काल अघि बढाउन सरकारलाई अनुरोध गर्दछु’ देउवाले सामाजिक संजालमा लेखेका छन,  ‘साथै नेपाली कांग्रेसका स्थानिय नेता तथा कार्यकर्ता लगायत सबैलाई उद्दार र राहतमा जुट्न अपिल गर्दछु।’
 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार