सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सोमबार रातिदेखि भोटेकोशी नदीमा आएको बाढीका कारण तीन जलविद्युत् आयोजनामा क्षति हुँदा करीब २०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन ठप्प भएको छ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना र ६० मेगावाटको त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्यूत प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी क्षति रसुवाढी जलविद्युत आयोजनामा भएको छ । पूरानो त्रिशुली जलविद्युत आयोजनालगायत अन्य निजी क्षेत्रका आयोजनाहरुमा पनि क्षति पुगेको भन्ने छ,’ उनले भने । ‘थ्रि बि हब सबस्टेसन सबैभनदा बढी जोखिममा रहेको छ ।’