लगातार ६ दिन बढेको नेप्से करेक्सन पछि घट्यो

सोमबार, असार २३, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसुचक आज दोस्रो कारोबार दिन करेक्सन भएपछि घटेको छ । पछिल्लो ६ दिनमा नेप्से परिसूचक ११०.५९ अंक बढेको थियो । तर यस दिनभने लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा करेक्सन देखिएको हो । आईतबार २७०६.३६ बिन्दुमा रोकिएको नेप्से परिसुचक आज २२.३५ अंक घटेर २६८४.०१ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार साढे ९ ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँ बराबरको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर खरिद विक्री भएकोमा आज ३११ स्टकको ७१ हजार ३१३ पटकको कारोबारमा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँबराबरको १ करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन सेन्सेटिभ इण्डेकस ४.१३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अंक घटेको छ । यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने भगवती हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशत बढेको छ। कारोबारमा आएको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ८० करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साढे ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम २४ करोड नाघेको छ ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार