बाढी प्रभावित अमेरिकाको टेक्सासमा ८२ जनाको मृत्यु, ४० बढी बेपत्ता

सोमबार, असार २३, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

एजेन्सी । दक्षिण–मध्य अमेरिकी राज्य टेक्सास शुक्रबार बिहान आएको भीषण बाढीबाट प्रभावित भएको छ ।  जसमा कम्तिमा ८२ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी बेपत्ता छन्। यस क्षेत्रका २० प्रभावित काउन्टीहरूमध्ये सबैभन्दा बढी प्रभावित केर काउन्टीमा मात्र कम्तीमा ६८ जनाको मृत्यु भएको छ । जसमा २१ बालबालिका परेका छन् ।  स्थानीय बासिन्दा र अधिकारीहरू विनाशकारी बाढीको प्रभावसँग जुधिरहेका छन्, । प्रभावित क्षेत्रमा रूखहरू उखेलिएका, भग्नावशेष र हिलोले भरिएको देखिन्छ । सडक चिन्हहरू पूर्ण रूपमा मेटिएका छन् भने बाढीको तीव्र गतिले धेरै सवारी साधनहरू सडकको छेउमा अडिएका छन् । तिनीहरूका झ्यालहरू फुटेका छन् र फ्रेमहरू बङ्गिएका छन्। घातक बाढीले यस क्षेत्रका धेरै घरहरूलाई क्षति पुर्‍याएको छ र प्रभावित क्षेत्रलाई घेरिएको छ । उद्धार र राहतका कार्यक्रमहरु जारी राखिएको छ ।(सीसीटीभीप्लस)

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार