सुनचाँदी व्यवसायी महासंघ र रत्न तथा आभूषण महासंघद्वारा विरोध प्रदर्शन

सोमबार, असार २३, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले काठमाडौंको न्यूरोड क्षेत्रमा संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् । सोमबार महासंघहरूले सरकारको हालैको नीतिका विरुद्धमा आवाज उठाउँदै व्यापार अनुकूल वातावरण बनाउन माग गरेका हुन् । उनीहरूले सुनचाँदी तथा रत्न व्यवसायमा सरकारी हस्तक्षेप, कर प्रणालीको अपारदर्शिता, र अस्थिर बजार नीतिको विरोध गरेका छन् । विरोध कार्यक्रममा सहभागी व्यवसायीहरूले प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गर्दै आफ्नो असन्तोष व्यक्त गरेका थिए । उनीहरूले  २५ ग्राम, ५० ग्राम, १०० ग्राम र २०० ग्रामका सुनका बार व्यवसायीहरूको माग अनुसार सहजै उपलब्ध गराउने व्यवस्था गर । व्यवसायमैत्री ऐन नियम तथा नीति निर्देशिका निर्माण गर, हामी व्यवसायी र कालिगढहरूलाई विस्थापित गर्न पाईँदैन जस्ता प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १४:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार