भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

सोमबार, असार २३, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

एजेन्सी । दलाई लामाको ९० औं जन्मदिनको अवसरमा अनुयायीहरूले आइतबार भारतका विभिन्न स्थानमा कार्यक्रम गरेका छन् ।  भारतका विभिन्न भागहरूमा भेला भएर उनको ९० औं जन्मदिनको अवसरमा करुणा र प्रेमका साथ आयु बृद्धिको कामना समेत गरिएको छ ।  सो अवसरमा पूर्वी गयामा एक उत्सव जुलुस आयोजना गरिएको थियो। भारतको राजधानीमा, केक काट्ने समारोह आयोजना गरिएको थियो र त्यसपछि परम्परागत नृत्य प्रस्तुत गरिएको थियो। सो क्रममा दलाई लामाले आफू बसोबास गर्ने सानो भारतीय पहाडी शहर धर्मशालामा पानीमा रुझ्दै हजारौं भिक्षुहरू र अनुयायीहरूले मुस्कान एव ताली बजाएका थिए। भिक्षुहरूको समर्थनमा मञ्चमा बिस्तारै हिंड्दै गर्दा उनले हात हल्लाएर अभिवादन गरेका थिए । अघिल्लो हप्ता दलाई लामाले आफ्नो मृत्युपछि धर्मको नेताको रूपमा पुनर्जन्म लिने बताएका थिए । उनी नोबेल पुरस्कार विजेतालाई विश्वको सबैभन्दा प्रभावशाली धार्मिक नेताहरू मध्ये एक मानिन्छन् । उनका अनुयायी बौद्ध धर्मभन्दा बाहिर पनि फैलिएको छ।(एएनआइ)

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार