सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । हाईलाइफले एक्स्ट्रा लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको हो । नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गदै हाईलाइफ फूड्सले नयाँ उत्पादनका रुपमा प्रिमियम बासमती चामल बजारमा ल्याएको हो । ‘जिआई राइस’ सुगर रोग लागेका विरामीलाई उपयुक्त हुने कमपनीले जनाएको छ । लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिएको यो चामल घरायसी भान्सादेखि रेस्टुरेन्ट सम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । अन्य बासमती चामलहरूको तुलनामा हाईलाइफ फूड्सको यो बासमती चामल शुद्ध, सफा र पौष्टिक तत्वले पूर्ण रहेको कम्पनीको भनाइ छ । हाईलाइफ फूड्सका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले भने,“प्रत्येक नेपाली परिवारलाई गुणस्तरिय पौष्टिक र सुलभ खाद्यान्न उपलब्ध गराई स्वस्थ जिवनशैली लाई प्रवद्र्धन गर्ने उद्येश्यमा कम्पनी प्रतिवद्ध छ ।” उनका अनुसार हाईलाइफ प्रिमियम बासमती चामल स्वादिलो हुनुका साथै स्वास्थ्यवद्र्धक समेत छ । पछिल्लो समय हाईलाइफ फूडुसले विभिन्न उत्पादनमा जोड दिदै आएको छ र व्यवसायीक दायरा विस्तार गरिरहेको छ । कम्पनीले किसान, उपभोक्ता र समुदायलाई लक्षित गर्दै रोजगारी सिर्जना र उत्पादन क्षमता वृद्धिबाट मुलुकको आर्थिक विकासमा योगदान दिंदै आएको छ । अत्याधुनिक प्रविधि, अनुसन्धान तथा डिजिटल युग अनुकुल सेवा प्रणाली मार्फत उद्योग क्षेत्रमा अग्रणी भुमिका खेल्ने कम्पनीको लक्ष्य छ । गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै कम्पनीले प्रत्येक उत्पादनमा उच्चतम मापदण्डको पालना गर्ने जनाएको छ । हाईलाइफ फूड्स विगत देखि नै चिउरा, कर्नफुलेक्स, चोको प्लस, सोयाबिन, ओट्स, आटा, चियापत्ति, बेसन र अन्य स्वास्थ्यकर खाद्य बस्तुहरुको उत्पादन तथा वितरण गर्दै आएको छ ।