टेक्सासको विनाशकारी बाढी : ८२ को मृत्यु, ४१ जना बेपत्ता

सोमबार, असार २३, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । अमेरिकाको टेक्सास हिल कन्ट्रीमा आएको विनाशकारी बाढीले कम्तीमा ८२ जनाको ज्यान गएको छ ।  अधिकारीहरूका अनुसार ८२ जनाको ज्यान गएको छ भने ४१ जना अझै बेपत्ता छन् ।  टेक्सासको विनाशकारी बाढीले विभिन्न काउन्टीहरूमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । केर काउन्टीमा सबैभन्दा बढी ६८ जनाको मृत्यु भएको छ। ट्राभिस काउन्टीमा ६ जना, बर्नेट काउन्टीमा ३ जना, केन्डल काउन्टीमा २ जना, विलियमसन काउन्टीमा २ जना र टम ग्रीन काउन्टीमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्थानीय समयानुसार शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आएको थियो। केर काउन्टीको क्याम्प मिस्टिक, बालबालिकाको ग्रीष्मकालीन शिविरबाट करिब एक दर्जन व्यक्ति अझै बेपत्ता रहेको अधिकारीहरूले जानकारी दिएका छन् । मृतकमा ४० वयस्क र २८ बालबालिका छन् । मृतकमध्ये १८ वयस्क र १० बालबालिकाको पहिचान हुन बाँकी छ ।  १६० भन्दा बढीको हवाई उद्धार गरिएको छ । आठ सय ५० जना घाइते नभएका र ८ जना घाइतेलाई उद्धार गरिएको छ । 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार