प्रधानमन्त्रीद्धारा हुम्लाको खार्पुनाथस्थित चुहाखोलामा नवनिर्मित बेलिब्रिज उद्घाटन 

आइतबार, असार २२, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

सिमकोट । प्रधानमन्त्री केपी शर्मा ओली आज हुम्लाको खार्पुनाथस्थित चुहाखोलामा नवनिर्मिति बेलिब्रिजको उद्घाटन गरेका छन् । नेपाली सेनाद्वारा निर्मित बेलिब्रिज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । यो पुल उद्घाटसँगै सदमुकाम सिमकोट राष्ट्रिय सडक संजालमा जोडिएको छ । यो सडक अन्तरगतका बाँकी पुल निर्माणसगै हिल्सासम्म  २ लेनसहितको डेडिेकेट सडक बनाउने र हिल्सामा क्वारेनटाइन निर्माण गर्नेतर्फ प्रधानमन्त्री ओलीले प्रतिबद्वता व्यक्त गरेका छन् ।  कर्णाली करिडोर निर्माण थालनी भएको २६ वर्षको प्रतीक्षापछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । खार्पुनाथ गाउँपालिका वडा नं. ५ स्थित चुवाखोलामा कर्णाली नदीमाथि निर्माण गरिएको बेलीब्रिज पुल बनेसँगै हुम्लाको सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको थियो । उक्त पुल सेनाले ३५ दिनमा निर्माण सम्पन्न गरेको हो ।  उक्त पुल नेपाली सेनाले झन्डै ४ करोड रुपैयाँको बजेटमा निर्माण गरेको हो । यससँगै हुम्ली जनताको दशकौँ पुरानो सडक सपना साकार भएको छ । पुल बनेसँगै हुम्लाबाट भारतीय सहर रुपैडिहा हुँदै चीनको सीमा नाका हिल्सासम्म एउटै सवारी साधनबाट यात्रा गर्न सकिने भएको छ । हुम्लाको सिमकोट राष्ट्रिय सडक संजालमा जोडिएको उत्सवमा कर्णालीवासीहरुले सामाजिक संजालमार्फत खुसी व्यक्त गरिरहेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पुल उद्घाटन पछि सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'गत मंसिर महिनामा हुम्ला पुग्दा जिल्लास्थित राजनितिक दलका प्रमुख एवम् सरोकारवालाहरूको हु्म्लाको लागि पहिलो माग थियो, खार्पुनाथस्थित चुहाखोलामा तत्काल पुल निर्माण । कर्णाली करिडोर अन्तर्गत हिल्सासम्म पुग्ने उक्त सडकमा वर्षौदेखि पुल निर्माण अलपत्र हुँदा मुलुककै एकमात्र जिल्ला सदरमुकाम राष्ट्रिय सडक संजालबाट अलग थियो। जिल्लाको मात्र नभएर समग्र प्रदेश एवम् राष्ट्रिय सरोकार र चासोको उक्त  विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउँदा उहाँको सकारात्मक अग्रसरताको फलस्वरूप आजदेखि नेपाली सेनाद्वारा निर्मित बेलिब्रिज संचालन भई सदमुकाम सिमकोट राष्ट्रिय सडक संजालमा जोडिएको छ। यस ऐतिहासिक उपलब्धीका लागि सम्माननीय प्रधानमन्त्रीज्यू, माननिय भौतिक र रक्षा मन्त्रीज्यू, पूर्व मन्त्री एवम् एमाले उपमहासचिव कमरेड प्रदिप ज्ञवाली, निर्माणमा संलग्न नेपाली सेना, तथा जिल्लास्थित सबै राजनितिक दल एवम् जनप्रतिनिधिसाथीहरू लगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु। अव यो सडक अन्तरगतका बाँकी पुल निर्माणसगै हिल्सासम्म  २ लेनसहितको डेडिेकेट सडक बनाउने र हिल्सामा क्वारेनटाइन निर्माण गर्ने तर्फ सम्माननीय प्रधानमन्त्रीज्यूबाट आज महत्वपूर्ण प्रतिबद्वता व्यक्त भएको छ ।'

514282878_1337532747945551_4119664226457213831_n-1751816815.jpg
 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २१:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार