आम नागरिक जोडिने गरी बीमा कार्यक्रम अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की 

आइतबार, असार २२, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आम नागरिक जोडिने गरी बीमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकारले बीमा नीति बनाउन कानुन बनाउने र सुविधा पनि दिने तर जनता भने नजोडिने खालको स्थिति भएमा त्यसले राम्रो सन्देश नदिने बताए ।  उनले भने, ‘राज्यले बीमा कम्पनीहरूलाई सुविधाहरू दिने नीति बनाइदिने तर सामान्य नागरिकले यसको सेवा नपाउने हो भने राम्रो हुँदैन । त्यसतर्फ ध्यान दिनुपर्छ ।’ मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले पनि कोशी प्रदेशमा कस्तो खालको नीति बनाउने र कसरी अगाडि बढ्ने भन्ने विषयमा एउटा कार्यदल बनाएरै काम गर्ने बताए ।  ‘चाँडै नै कार्यदल बनाउँछौं र त्यसका आधारमा काम गर्दछौं’, उनले भने ।  बीमाका विविध पक्षहरूका बारेमा आम नागरिकलाई जानकारी दिनुपर्ने अहिलेको आवश्यकता रहेको चर्चा गर्दै कृषि, पशुधन र स्वास्थ्य उपचारको बीमामा ध्यान दिनुपर्नेमा उनको जोड थियो ।  बीमा कम्पनीहरूले बीमाको प्रक्रिया लम्ब्याउने र झन्झट दिने काम पनि रोक्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले बीमाको प्रक्रिया लम्ब्याएर झन्झट दिएर आम नागरिकलाई दुःख दिन नहुने धारणा राखे ।   नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कोशी प्रदेश सरकारसँग बीमासम्बन्धी छलफल कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्रीहरू र नेपाल बीमा प्राधिकरणका अध्यक्षलगायत कोशी प्रदेशका बीमा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २०:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार