विपन्न र गरिबीको रेखामुनि रहेकाहरूलाई ऋणको पहुँचमा ल्याउनुपर्छ : गभर्नर

आइतबार, असार २२, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर  विश्वनाथ पौडेलले विपन्न, गरिबीको रेखामुनि रहेका जनशक्तिले ऋणको पहुँचमा आउन नसकेको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनलले देशका धेरै समुदायहरूको ऋणमा पहुँच नभएको र ऋणमा पनि  सबैजनाको हक लाग्ने बताएका हुन् ।   उनले भने, ‘हामी भूइँचालोबाट आयौं, कोभिडबाट आयौं । हाम्रो देश धेरै विविधता भएको देश हो । यहाँ धेरै समुदायहरू छन् तर लोनमा सबैको पहुँच छैन । साना किसान जस्ता कार्यक्रहरू गरिरहेको छ । हाम्रा देशमा विपन्न, गरिबीमा रहेकाले ऋण सजिलोसँग पाएका छैनन । व्याज धेरै महङगो तिरिहरेका छन् । ऋणमा सबैजनाको हक लाग्नुपर्छ ।’ उनले  ऋण प्रवाह गरेअनुसार सबैलाई माथि लैजान नसकेको पनि बताए ।  ‘हामीले जुन रुपमा ऋण प्रवाह गर्छौं । त्यसलाई सबैलाई माथि लैजाओस् । समस्या यहाँ के छ भने त्यो दर्शनमा काम पनि गरेको हो । तर चाहे अनुरुप काम भएन,’ उनले भने । यस्तै, उक्त कार्यक्रममा उद्योगपति शेखर गोल्छाले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सन्दर्भमा आफ्ना धारणा राखेका थिए । 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १९:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार