सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । नेकपा एमालेका नेता एवम् प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले कांग्रेस नेता बिमलेन्द्र निधिमाथि दर्जन बढी आरोप लगाएका छन् । आइतबार जनकपुरधाममा पत्रकारसम्मेलनमार्फत महासेठले नेता निधिले जनकपुरधामको विकासमा अवरोध गरेको आरोप लगाए । जनकपुरधामको रिङ्ग रोड निर्माणदेखि डम्पिङ्ग साइट निर्माण जस्ता दर्जनौं बढी विकास निर्माणका कार्यहरू नेता निधिकै कारणले अगाडि बढ्न नसकेको महासेठको आरोप छ । राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा आफ्नो र आफ्नो पत्नी जुली महतोले अवरोध गरेको भन्दै शनिबार (हिजो) नेता निधिले जनकपुरधाममा पत्रकारसम्मेलन मार्फत जानकारी दिएका थिए । सो कुराको नेता महासेठले खण्डन गरेका छन् । उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जतिसक्दो निर्माण कार्य अगाडि बढाउन छलफल समेत गरेको जानकारी दिए । राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा आफ्नो र आफ्नो पार्टीको कुनै पनि आपत्ति नरहेको महासेठले बताए । काँग्रेस नेता निधिले आफ्नो व्यक्तिगत स्वार्थका लागि विभिन्न विकास निर्माणका कार्यहरूमा पटकपटक अपरोध सृजना गर्दै आएको एमाले नेता महासेठले आरोप लगाए । महासेठले धनुषाको प्रहरी प्रशासनले पनि राम्ररी काम नगर्ने गरेको आरोप लगाएका छन् । पदीय दायित्वलाई बिर्सेर एक पक्षीय रुपमा मात्र काम गरिरहेको उनले बताए ।