सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल तरुण दल जुम्लाले साउन ९ गते जुम्लाको खलंगामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । शनिबार जुम्लामा बसेको तरुण दलको बैठकले साउन ९ गते जुम्लाको खलंगामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले सर्वसम्मत भएको उक्त निर्णय अनुमोदनका लागि नेपाल तरुण दल केन्द्रीय कार्यालय पठाएको छ । योसंगै जुम्लामा नेपाल तरुण दल जुम्ला जिल्ला अधिवेशनको तीब्र तयारीमा अगाडि बढेको जानकारी गराइएको छ । बैठकले अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण कार्यकर्ता तथा नेतासहितको एक्यवद्धता र सहयोगका लागि अपिल गरेको छ ।