हरिशयनी एकादशी, शरीरलाई विषादिमुक्त र मनशुद्दी गर्ने दिन हो : प्रधानमन्त्री ओली 

आइतबार, असार २२, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशी, तुलसी रोप्ने दिनको अवसरमा शुभकामना दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आजको दिन शरीरलाई विषादिमुक्त गर्ने, मनशुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतिकात्मक दिन पनि भएको बताए ।  उनले लेखेका छन्, 'आज  हरिशयनी एकादशी, तुलसी रोपण गर्ने दिन । आजको दिन शरीरलाई विषादिमुक्त गर्ने, मनशुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतीकात्मक दिन पनि हो । कम भोजन, ध्यान र उपवासले मानिसलाई शान्त मनोभावमा राख्ने पनि परम्परागत विश्वास रही आएको छ।’धरती र जीवन दुवैमा शान्ति छाओस्। हरिशयनी एकादशीको शुभकामना ।’

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार