‎‎पुल उद्घाटनका लागि प्रधानमन्त्री ओली हुम्ला जाँदै

आइतबार, असार २२, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने चुवाखोला बेलिब्रिजको आज उद्घाटन गर्दै छन् ।  ‎‎आइतबार सामाजिक सञ्जाल मार्फत् प्रधानमन्त्री ओलीले चुवाखोला बेलिब्रिजको उद्घाटनको लागि हुम्ला जान लागेको जानकारी गराएका हुन् ।  उनले पुल उद्घाटनसँगै सडक सञ्जालमा जोडिन बाँकी रहेको देशको एकमात्र जिल्ला हुम्ला सदरमुकाम औपचारिक रूपमा राष्ट्रिय राजमार्गसँग जोडिने पनि बताएका छन् ।  ‎‎४१० किलोमिटर लामो यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्दै वैदेशिक व्यापारमा सहयोग पुर्‍याउने उनको विश्वास छ । उनले लेखेका छन्, ‘हुम्ला जाने कुरा बताइरहनु पर्ने त होइन, तर आज विशेष उत्साह लिएर खार्पुनाथ हुम्ला जाँदै छु । किनभने आजबाट सञ्चालनमा आउने कर्णाली करिडोर सडकको चुवाखोला बेलिब्रिजले हाम्रो दक्षिणी छिमेकी मित्रराष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोड्ने छ । यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ हुन्छ र हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ । ४१० किलोमिटर यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्छ र हाम्रो वैदेशिक व्यापारलाई सहयोग पुग्छ । अनि यसले सडक सञ्जालमा जोडिन बाँकी एकमात्र जिल्ला हुम्लालाई राष्ट्रिय राजमार्गमा पनि जोड्ने छ ।’ 
 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार