‘कोड वर्ड’ प्रयोग गरेर पुनः मानव तस्करी, सेटिङ शुल्क  परिमार्जन

आइतबार, असार २२, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र ट्राभल एजेन्सी मानव तस्कारीमा एक महिनापछि  पुनः सक्रिय हुन थालेका छन् ।  त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा विदेश पठाउँदा ‘कोड वर्ड’ प्रयोग गरेर पुन पठाउने तयारी गरेको तथ्य प्राप्त भएको छ । विमानस्थलका केही कर्मचारी र ट्राभल एजेन्सीका सञ्चालकहरू दैनिक भेटघाट गरेर गृह मन्त्रालयको ग्रीन सिङनल भन्दै पुनः ‘कोड वर्ड’ प्रयोग गरेर तस्कारीको सुरसार गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाको सेटिङका विषयमा गत ७ जेठमा तत्कालिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर विस्तृत छानबिन गरिरहेको भएपनि अझै विकृति नरोकिएको हो । तत्कालीन प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई केन्द्रमा राखेर अख्तियारले विस्तृत छानबिन गरिरहेको छ । तर अख्तियारलाई नै निक्रिय बनाउने योजनाका साथ विमानस्थलका कर्मचारीले शनिवारबाट एल र एमको काम पुनः शुरु भएको र पुरानो रेटमा परिवर्तन भएको म्यासेज पठाएको पाईएको छ । एल बाट ६५ हजार र एममा ४० हजार लिन भनिएको छ ।
यूएई र कुवेत जाने महिलाहरूलाई त्यहाँका कर्मचारीले ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएका छन् । कर्मचारीसँगको साँठगाँठमा बिचौलियाहरूले त्रिभुवन विमानस्थलबाट महिलाहरूलाई यूएई र त्यहाँबाट कुवेत पठाउने गरेका यसअघि नै समाचारहरू बाहिरिएका थिए । कुवेत पुगेका महिलाहरूले त्यहाँ घरेलु कामदारका रूपमा बस्ने र थप पीडित भएर फर्किनुपरेको प्रहरीले यसअघि गरेको अनुसन्धानबाट खुलेको थियो ।  बिचौलियाहरूसँग मिलेर अध्यागमनका कर्मचारीले त्यसरी खाडीमा जाने प्रतिमहिला कम्तीमा ४० हजार र पुरुषसँग २० हजार असुल्ने गरेका हुन् । स्रोतका अनुसार पछिल्ला केही सातादेखि काठमाडौँका विभिन्न होटल र रेस्टुरेन्टहरूमा दलाल र अध्यागमन अधिकारीबीच गोप्य भेटघाट बाक्लिएको छ । “हामीले केही होटलहरूमा यस्ता गोप्य छलफलको निगरानी गरेका छौं,” एक अनुसन्धान अधिकृत भन्छन्, “ती छलफलहरू आगामी फ्लाइट र ‘क्लियर पास’ को मिलेमतोबारे भएको देखिन्छ।” एक एजेन्टको भनाइ उद्धृत गर्दै स्रोतले दाबी गरेको छ, “पहिलेदेखि नै सेटिङ मिलाइएको छ, आइतबार बिहानको फ्लाइटमा उनीहरू जान्छन्, रोकिएनन् भने फेरि खुल्ला व्यापार सुरु हुन्छ”, उनले भने ।

‘हरियो सिग्नल’ को हल्ला र मन्त्रालयको मौनता
एजेन्टहरूले गृह मन्त्रालयबाट ‘हरियो सिग्नल’ पाइएको भन्दै आफ्नो नेटवर्कमा सक्रियता बढाएका हुन । गृह मन्त्रालयका एक अनुसन्धान अधिकृत अनुसार  “मन्त्रालय मौन छ भन्ने होइन,” गृह मन्त्रालय स्रोतले भन्यो, “तर गम्भीर अनुसन्धान नहुँदासम्म प्रत्यक्ष कारवाही सम्भव छैन।” तस्कर समूहले  कागजात नक्कली बनाएर पठाउने गरेको थियो । जसमा अध्यागमनका कर्मचारीसँग पनि सेटिङ मिलाएर महिला एवम पुरुषलाई दैनिक खाडीलगायतका मुलुकमा पठाउने गरेका छन्  । अहिले भिजिट भिसामा जान चाहनेका लागि होटेल बुकिङ, जहाजको टिकट र भिसा भए पुग्छ । तर कानुनी निकायको मैन क्रियाकलापको कारण आम नेपाली श्रमजिवी युवा युवती मानव तस्करको कव्जामा पर्ने गरेका छन  । यसलाई रोकथाम गनुपर्ने कार्यमा केही कर्मचारीले आफनो स्वार्थको लागि काम गर्दा देशको स्वाधिनता र अस्तित्व नै संकटमा पर्ने गरेको छ ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १३:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार