बिरामी बोकेर हुम्लाबाट काठमाडौ उडेको प्रभुको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण

आइतबार, असार २२, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

सुर्खेत । हुम्लाबाट बिरामी बोकेर काठमाडौंका लागि उडेको प्रभु हेलिकप्टर  दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको छ । एनजि–एएनएल कल साइनको हेलिकप्टर खराव मौसमका कारण दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुंगेश्वरमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए । हुम्लाको हिल्साबाट बिरामी लिएर काठमाडौंका लागि उडेको हेलिकप्टर  बाक्लो कुहिरोका कारण अगाडिको बाटो देख्न नसकेपछि आकस्मिक अवतरण गरिएको प्रभु हेलिकप्टरका प्रवक्ता नोवेलकुमार राजलवटले बताए  । दिउँसो २ : ३० दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको हेलिकप्टरमा टाउकोमा चोट लागेका बिरामी र चालक दलका दुई जनासहित पाँचजना यात्रु थिए । मौसम खुलेपछि हेलिकप्टर साँझ ५ बजे सुर्खेत विमानस्थलमा अवतरण गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार