कुलिङ पिरियडसम्बन्धी समस्या हल गर्न संसदीय छानबिन समिति गठन गर्ने 

आइतबार, असार २२, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धी छेडखानीलाई हल गर्न संसदीय छानबिन समिति गठन गर्ने भएको छ ।  शनिबार सभामुखसँग बसेको प्रमुख सचेतकहरुको छलफलले विशेष छानविन समिति गठन गर्ने निर्णय भएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।  शाहीका अनुसार आजको बैठकमा आगामी बैठकहरु नया क्यालेन्डरमा कहिले राख्ने र कुन कुन विध्येकहरु लिएर जाने भन्ने विषयमा पनि छलफल भएको थियो ।  ‘आजको बैठकमा पहिलो निर्णय आगामी बैठकहरु नया क्यालेन्डरमा कहिले राख्ने र कुन कुन विध्येकहरु लिएर जाने भन्ने विषयमा पनि छलफल भयो । र दोस्रो विषय संघीय निजामती ऐन माथिको छेडखानी भयो ऐनमा क्रृटि भएको भन्ने कुरालाई संसदिय उच्चस्तरीय विशेष छानबिन समिति गर्ने निर्णय भएको छ यो पारीत चै २३ गतेको संसद बैठकबाट हुन्छ,’ उनले भने । 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार