अर्जेन्टिना पुगे नरेन्द्र मोदी, स्वागतमा उत्साहित देखिए भारतीय

शनिबार, असार २१, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

ब्युनसआयर्स (अर्जेन्टिा) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अर्जेटिनामा स्वागत गरिएको छ । ब्यूनस आयर्सको अल्भियर प्यालेस होटलमा सयौं भारतीयहरुले स्वागत गरेका हुन् ।  भारतीय शास्त्रीय नृत्य प्रस्तुतिसहितको जीवन्त सांस्कृतिक प्रदर्शनले मोदीलाई स्वागत गरिएको हो । भारतीय डायस्पोराका सदस्यहरुले मोदीसँग प्रत्यक्ष अन्तरक्रिया समेत गरे ।  धेरैले यो भ्रमणले ‘मनोबल बढाएको’ र भारत–अर्जेन्टिनाबीचको सम्बन्ध र सहयोगको आशा जगाएको बताए । पाँच राष्ट्रको विदेश भ्रमणमा निस्किएका मोदी अर्जेन्टिना अवतरण गरेका थिए । त्यस क्रममा स्वागतको न्यानोपनको प्रशंसा गर्दै उनले भारतको विश्वव्यापी सांस्कृतिक आदनप्रदानको प्रशंसा गरे । यो भ्रमण १९९९ पछि भारतीय सरकार प्रमुखको अर्जेन्टिनाको पहिलो द्विपक्षीय प्रधानमन्त्री भ्रमण हो । जसले व्यापार, डिजिटल वित्त, ऊर्जा र शिक्षा क्षेत्रको सम्बन्धलाई बलियो बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।–एएनआई

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार