याङ्गो राइडरलाई एक हजारवटा स्कूटर उपलब्ध गराइने

शनिबार, असार २१, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । इड्राइभ नेपालले हजार स्वरोजगार योजनामार्फत एक वर्षमा एक हजारवटा स्कुटर याङ्गो राइडरलाई भाडामा दिने भएको छ । काठमाडौंको जमलमा शुक्रबार एक कार्यक्रम गरी ग्रामिड क्षेत्रबाट आएका विद्यार्थीहरु राइडरहरुलाई सहयोग पुग्नेगरी एक वर्षमा एक हजार स्कुटर भाडामा उपलब्ध गराउने भएको हो ।  ईड्राइभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केका अनुसार सवारी साधनहरु रेन्टल सेवा, किस्ताबल्दी सिस्टम, सस्तो दरमा गाडि नै किन्न पाइनुका साथै आफूले लगानी गरी जोडिन सकिन्छ ।  अध्यक्ष मास्केले भने, ‘विशेषगरी ग्रामीण क्षेत्रबाट आएका विद्यार्थी राइडरहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्य हो । साथै कोही राइडरहरुले प्लेटफर्म पाउनुभएको छैन, साधन पाउनुभएको छैन भने जोडिन सक्नुहुन्छ । हामी गाडीहरु चार तरिकाले उपलब्ध गराउनेछौं, एउटा रेन्टल सेवा, किस्ताबल्दी सिस्टम, गाडि नै खरिद र अन्य लगानी मार्फत पनि जोडिन सकिन्छ ।’ उनले हजार स्वरोजगार योजना इ ड्राइभ नेपाल, तपाईको बजार डटकम र परिमितल ग्रुप मिलेर ल्याएको जानकारी दिए । उनले यस सेवामार्फत रोजगार उपलब्ध गरेको बताए ।  ‘हाम्रो सपना तीन वटा टिम मिलेर बनेको हो । एउटा इ ड्राइभ नेपाल, तपाइको बजार डटकम र अर्को परिमितल ग्रुप मिलेर सानो प्रयास गरेका छौ । यो जब क्रिएसन हो । जुन राज्यले गर्नुपर्ने हामीले गरेका छौ,’ उनले भने ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार