पर्यटन क्षेत्रमा राज्यको लगानीले मात्र पुग्दैन् : अर्थमन्त्री

शनिबार, असार २१, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वका अन्य देशमा नभएको प्राकृतिक सम्पत्ती नेपालमा मात्र भएको बताएका छन् । विदेशी मुलुकले सबैथोक बनाएपनि नेपालको जस्तो प्राकृतिक झरना, नदी वा लुम्बिनी, पशुपति क्षेत्र बनाउन नसक्ने समेत दाबी गरे ।  शनिबार ‘पर्यटनमा बजेट प्रथमिकता, कार्यान्वयन र उपलब्धी’ विषयक कार्यक्रममा बोल्दै उनले विश्वको सबैभन्दा उत्कृष्ट र राम्रो देश भनेको नेपाल हो भनेर चिनाउनुपर्ने बताउँदै उनले संसारको सबैभन्दा लामो केबलकार नेपालमा बनाउने हो भने आर्थिक विकासमा सहयोग पुग्ने समेत दाबी गरे ।  पर्यटन क्षेत्रमा राज्यको लगानीले मात्र नपुग्ने भएकाले विदेशी सहयोग अनिवार्य आवश्यकता भएको उनको भनाइ थियो । सरकारले गरिरहेका काम बारे जनताले मूल्यांकन गरिरहेकाले सजकताका साथ काम गर्नुपर्ने पनि औंल्याए ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार