गोरखाका सुनचाँदी व्यवसायी आन्दोलित

शनिबार, असार २१, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

पोखरा । गोरखा सुनचाँदी व्यवसायी संघले सुनमा, वहुमुल्य हिरा र पत्थरमा लगाइएको कर खारेजीको माग गर्दै आन्दोलन गरेका छन् ।  शुक्रबार सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र वहुमुल्य हिरा पत्थरमा लगाइएको १३ प्रतिशत कर खारेजीको माग गर्दै उनीहरु आन्दोलित भएका हुन् ।  संघले सुनको भन्सार ६ प्रतिशत कायम गर, सुनचाँदीको कारोवारको लागि प्रस्ट निति नियमावली निर्माण गर, विलाशिता कर खारेज गर जस्ता माग राखेर आन्दोलन गरेका छन् ।  सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सबै मूल्यका सुन तथा गहनामा २ प्रतिशत विलासिता कर लागू गरेपछि व्यवसायीहरू आन्दोलित भएका हुन् । अघिल्लो व्यवस्था अनुसार १० लाख रुपैयाँभन्दा माथिका गहनामा मात्र विलासिता कर लाग्ने गथ्र्यो, तर नयाँ बजेटले त्यो सीमा हटाएको छ ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार