प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता

शुक्रबार, असार २०, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । प्रधानमन्त्री केपी ओली स्पेनको करिब एक साता लामो औपचारिक भ्रमणबाट स्वदेश फर्किएका छन् ।  प्रधानमन्त्री ओली विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत असार १४ गते स्पने भ्रमणमा गएका थिए । उनी आज शुक्रबार स्वदेश फिर्ता भएका हुन् ।  स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता गरेका थिए । यस्तै स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता,स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा.मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग उनको भेटवार्ता भएको थियो । बिहीबार उनले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार