१८ लाखभन्दा बढिको लत्ताकपडा बरामद 

शुक्रबार, असार २०, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

रौतहट । पर्सा सशस्त्र प्रहरीले १८ लाखभन्दा बढिको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगंज महानगरपालिका–१ बाट अवैध रुपले भण्डारण गरी राखिएको करीब १८ लाख ५५ हजार ३ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको हो ।  छपकैया र नदिया टोलका विभिन्न घरहरूमा लुकाइ राखिएको अवस्थामा लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) देवेन्द्र बहादुर सिंहले बताए । तस्कर समूहले भन्सार छल्दै कपडाहरू लुकाएर राखेको विशेष सूचनाको आधारमा छापामारी गरिएको उनको भनाइ छ । भारतबाट तस्करी गरी ल्याइ स्थानीय घरमा लुकाइ राखिएको पाइएकाले बरामद गरिएको उनले प्रष्ट पारे ।  बरामद गरिएका सबै कपडाहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  २०:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार