पराल र केराको पातबाट गुन्द्री, महिलाहरुका लागि आत्मनिर्भरको माध्यम

शुक्रबार, असार २०, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

मुगु । मुगुको खत्याडगाँउपालिका–११ का विभिन्न बस्तीहरुमा बस्दै आएकी गरिब, बिपन्न, एकल महिलाहरु आय आर्जनका लागि गुन्द्री बुन्ने पेशाका सक्रिय हुन थालेका छन् ।  पराल, केराका पातहरुलाई सदुपयोग गर्दै उनीहरुले गुन्द्रीबाट राम्रो आम्दानी समेत गर्दै आइरहेका छन् । पालिकाभित्रका गाउँहरुमा धान र केरा खेती धेरै हुने भएकाले खेर गइरहेका पराल र केराका पातहरुको सदूपयोग गरेर उनीहरुले आय आर्जन गरिरहेका हुन् ।  ‘गरिवसंग विश्वेश्वर’ कार्यक्रम अन्तर्गत वडा नम्बर ११ कोटडाडा, रातापानी, डाडिया बस्तीमा बस्दै आएकी गरिव ,एकल ,बिपन्न बर्गभित्र रहेका तीन समूहका ४० भन्दा बढी  महिलालाई उक्त काममा सक्रिय छन् ।  गुन्द्री बुन्ने तालिम लिएपछि धेरै महिला आत्मनिर्भर भइसकेको सामाजिक परिचालिका आशा शाहीले बताइन् ।  शाहीका अनुसार चुलोचौकोमा व्यस्त हुनुपर्ने हामी गरिब महिलाहरुलाई गरिबसंग विश्वेश्वर कार्यक्रमबाट बिगतका बर्षहरुमा बेमौसमी र मौसमी तरकारी खेती गरेको र हाल गुन्द्री बुन्न सिकेका हुन् ।  घरखर्च चलाउन कुनैपनि आर्थिक स्रोत नभएको हुँदा अब  गुन्द्री बुनेर आम्दानी गरी घर खर्च चलाउने उद्देश्य राखेको स्थानीय लालमती कार्कीले बताइन् ।  गुन्द्री तयार गर्ने तालिमले गाँउघरमा खेरजाने पराल र केराका पातहरु प्रयोगमा आउने प्रशिक्षक जय पुरा कार्कीले बताइन् । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  २०:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार