नेपालमा राम्रो ‘पोलिसी फ्रेमवर्क’ बनाउन आवश्यक छ : स्वामी विवेकानन्द

शुक्रबार, असार २०, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । स्वामी विवेकानन्दले नेपालमा राम्रो ‘पोलिसी फ्रेमवर्क’ बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘द मेनुफेष्टो’ अन्तरक्रियामा बोल्दै उनले अहिलेसम्म ‘पोलिसी फ्रमेवर्क’ राम्रो भएका राष्ट्रमात्र अगाडि बढेको उदाहरण दिँदै नेपालमा पनि राम्रो पोलिसी फ्रेमवर्क बनाउन आवश्यक रहेको बताएका हुन् ।  उनले भने,‘जुन राष्ट्रमा पोलिसी फ्रेमवर्क राम्रो हुन्छ, त्यहाँ विकास हुन्छ । जापान जर्मनीपनि डुबेको थिए । तर उनीहरुको पोलिसी राम्रो थियो । सोही कारण फेरि री अगाडि बढे । भारतमा पनि कुनै समय भीख माग्ने अवस्था थियो । १९९० मा पोलिसी राम्रो बनेपछि अगाडि बढ्न थाल्यो । नेपालले पनि यस्तै राम्रो पोलिसी फ्रेमवर्क बनाउन आवश्यक छ । राम्रो पोलिसी फ्रेमवर्क तब बन्छ, जब सञ्चालन कर्ता शासन कर्ता, नेता, मन्त्री, लोभी लालची र भ्रष्टाचार नगर्ने इमान्दार हुन्छ ।’ त्यस्तै उनले सबै हिन्दुहरुले दुनियाँमा सबैजना सम्पन्न होस् भन्ने चाहना राख्ने बताए । हिन्दुहरुले कहिल्यै पनि गरिबीको निन्दा र गरिबीको सेलिब्रेट नगर्ने उनको भनाई छ ।  उनले हिन्दुहरुको साथमा जुन शिक्षा प्रणाली र ज्ञान छ त्यो आज पनि उत्तिकै समाजको लागि समकालिन रहेको धारणा राखे । वर्तमान समयमा भारत र नेपालका धेरै मानिसहरु मोर्डन धर्मको रुपमा इसाई धर्ममा लागिरहेकोमा चिन्ता व्यक्त गरे । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार