भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार छु : अध्यक्ष नेपाल

शुक्रबार, असार २०, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार भएको बताएका छन् ।  शुक्रबार नेकपा (एकीकृत समाजवादी) विद्यार्थी जिल्ला कमिटीको पाचौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले धर्तीको एकजना मान्छेले माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गर्ने हो भने जुनसुकै बलिदान गर्न पनि तयार रहेको बताए ।   उनले भने, ‘पार्टीका बारेमा केही मानिसले नकारात्मक टिप्पणीहरु गर्ने गरेका छन् । कसैले यो पार्टी चल्दैँन् भन्छन्, कसैले टिक्दैँन् भन्छन् । मेरो एउटा मान्यता छ, नबिराउनु, नडराउनु । बिराएको छैन् भने डराउनु पर्दैन् । यो धर्तीको एक जना मान्छेले माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गरोस जुनसुकै बलिदान गर्न पनि तयार छु ।’  यस्तै, उनले जीवनमा चुनौतीहरुको सामना गर्ने आँटका साथ अगाडि बढ्नुपर्ने भन्दै अनुशासन, नियम र विधिको शासनमा अगाडि बढ्ने बताए ।  उनले भने, ‘मैले भन्ने गरेको छु । म अनुचित कुराको पक्षमा कहिले पनि रहदिन, म जहिले पनि अनुशासन र नियमको पालना गर्ने, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने, कहिले पनि बदलाको भावनामा नहिड्ने, सबैलाई समेटेर लाने खालको मान्छे हुँ । अनि मलाई भन्छन् तपाई मान्छे चिन्नु हुदैँन् । जीवनमा यस्ता चुनौतीहरु आइरहन्छन्, यी चुनौतीको सामना गर्ने आँटका साथ अगाडि बढ्नुपर्छ ।’  कुभलो चिताउने, कुभलो गर्ने व्यक्तिवाद प्रवृत्तिलाई पराजित गर्दै अगाडि बढ्नुपर्ने पनि उनको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार