आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

शुक्रबार, असार २०, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो ।  अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ ।  बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्तासँग छलफल गर्ने कार्यसूची छ । यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १० बजे बजेका लागि बोलाइएको छ । बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार