नेपालका बैंकहरुको शाखा विदेशमा खोल्न अर्थ समिति सभापतिको आग्रह

शुक्रबार, असार २०, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले विदेशमा नेपालका बैंकहरुको शाखा खोल्नुपर्ने बताएका छन् ।  अर्थ समितिको बिहीबार बसेको बैठकमा बोल्दै उनले ठूलो जनसंख्या बाहिर जाँदा बाहिर पनि नेपाली बैंकका शाखा खोल्नुपर्ने बताएका हुन् ।  उनले बैंकको व्यवस्थापन लगानिकर्ताले नभई विज्ञले चलाउनुपर्ने बताए । उनले भने, ‘बैंकको व्यवस्थापन विज्ञले चलाउनुपर्छ । अहिले धेरै बैंकमा मालिक नै चेयर म्यान भएर बसेका छन् । यो विज्ञले चलाउनुपर्छ आफै किन बस्नुपर्यो । बैंकहरुलाई बाहिर मुलुकमा किन नलाने ? यति ठूलो जनसंख्या बाहिर छन् भने शाखाहरु किन नखोल्ने त त्यसको बाधाहरु के हुन् ?’ उनले नेपालका एटिएम भारतमा चल्ने तर भारत नचल्दा भारतका मानिसले नेपालमा चाहे जति खर्च गर्न नसक्ने पनि बताए ।  ‘हाम्रो एटिएम भारतमा चल्छ यहाँबाट हस्पिटल जानेहरुले चलाइरहनुभएको छ । भारतका मानिसहरुको यहाँ चलाए त पैसा बोकेर ल्याउन परेन उ सँग जति क्यापिटल छ उसले त्यति खर्च गर्छ,’ उनले भने । यस्तै बैठकमा सांसद विनोद चौधरीले बैंकका व्यवस्थापक, बोर्डहरु राम्रो काम गरे लगानीकर्ता उत्साहि हुने र बाफियाले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने बताए । 
उनले भने, ‘बैंक चलाउनुपर्ने काम बैंकर कै हो । विज्ञ कै हो । बैंकको बोर्डमा विज्ञहरु नै हुनुपर्छ । बैंकको व्यवस्थापन, बोर्डहरुले राम्रो काम गर्यो भने लगानीकर्ताको लगानी स्वत जोगिन्छ । आउने बाफियाले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउँछ ।’ उनले नेपालले बाहिर बैंकका शाखा खोली लगानी गर्ने सोच बनाएर नेपालीको पूँजी समेट्ने पनि बताए ।  बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गरिएको थियो ।  

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार