स्रोत नखुलेको रकम सहित एक जना पक्राउ 

बिहीबार, असार १९, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

रौतहट ।  रौतहट सशस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्व कर्मचारी जितेन्द्र राउत रहेको  सशस्त्र प्रहरीले जानकारी दिएको छ ।  गौरभन्सार कार्यालय नजिकको सडकमा चेकजांच गर्ने क्रममा स्रोत नखुलेको रकम सहित राउतलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ ।  भारतबाट नेपालतर्फ बिआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका राउतले टाउकोमा लगाएको हेलमेट भित्र लुकाएको अवस्थामा रकम बरामद भएको सशस्त्र प्रहरीले गौरले जानकारी दिएको छ ।  सशस्त्र प्रहरीले राउतलाई पक्राउ गरेर बरामद भएको नगद सहित  आवश्यक कारबाहीका लागी भन्सार कार्यालय, गौर पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार