कुलिङ पिरियडको विषयमा संसदीय छानबिन समिति बन्नुपर्छ : उदय शमशेर राणा

बिहीबार, असार १९, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता उदय शमशेर राणाले कुलिङ पिरियडको विषयमा संसदीय तहको छानबिन समिति बन्नुपर्ने बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठक पछि उनले संसद् जस्तो ठाँउमा ४ महिना लिएर सांसदहरूले छलफल गरेर टुङ्गोमा पुगेको विषय ठयाक्कै उल्टो आएको भन्दै यसमा छानबिन हुनुपर्ने बताए ।  यसमा माथिल्लो तहको कर्मचारी भए पनि कडा रूपमा छानबिन र कारबाही हुनुपर्ने पनि उनको भनाई छ ।  उनले भने, ‘कुलिङ पिरियडको कुरा मैले हिजो बिहान नै राखेको थिए यसमा संसदीय तहको छानबिन समिति बन्नु पर्छ । यसलाई हामीले सदनमा मिलाउने काम त गरि हाल्छौँ तर संसद जस्तो ठाँउमा ४ महिना लिएर सांसदहरुले छलफल गरेर बल्ल टुङ्गोमा पुगेको छ तर त्यो विषय ठयाक्कै उल्टो आएको छ । यो त रातलाई दिन बनाएको जस्तो छ । यसमा छानबिन पनि हुनुपर्छ र को को सहभागि छन् उनीहरुलाई कारबाही हुनुपर्छ । यसमा माथिल्लो तहको कर्मचारी भएपनि कडा रुपमा छानबिन र कारबाही हुनुपर्छ ।’ यस्तै, उनले काङ्ग्रेस बारे सत्य तथ्य कुरा जनता सामु पुर्‍याउन नसकेको भन्दै यसको लागि प्रचार विभागले व्यवस्थित तरिकाले काम गर्नुपर्ने बताए ।  उनले भने, ‘काङ्ग्रेसले गरेको कतिपय कामहरु जनता सामु लान सकेका छैनौ । जनतामा काङ्ग्रेसको उपस्थिती एकदमै कम र सूचना पनि बीचमा परिवर्तन हुने गरेको छ । काङ्ग्रेस बारे सत्य तथ्य कुरा जनता सामु पुर्‍याउन सकेका छैनौ । हामीले सामाजिक सञ्जाल, मिडियालाई दोष दिएर मात्र हुदैँन् । यो हाम्रो पनि गल्ती हो हाम्रो प्रचार विभाग व्यवस्थित तरिकाले पनि चलाउनु पर्ने हो ।’ 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार