मल आयातका लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन

बुधबार, असार १८, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको बताएका छन् ।  बुधबारको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले अगामी आर्थिक वर्षको मल आपुर्ति तथा व्यवस्थापनको कार्ययोजना तयार भइसकेको भन्दै सोहीअनुसार तीनलाख मेट्रिक टन मल आयातका लागि टेण्डर समेत आह्वान गरेको बताए । उनले भने, ‘अगामी आर्थिक वर्षमा मलआयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको छ । अगामी आर्थिक वर्षको मल आपुर्ती तथा व्यवस्थापनको कार्ययोजना तयार भइसकेको छ र सोहीअनुसार तीनलाख मेट्रिक टन मल आयातका लागि टेण्डर समेत आह्वान भइसकेको छ ।’ यस्तै, उनले उन्नत बिउविजनको उपलब्धताका सम्बन्धमा नेपाली कृषि अनुसन्धान परिषद् र कृषि विभागअन्तर्गतका फर्महरुबाट विकास गरिएका उन्नत बिउहरु सहकारी, कृषकहरु, निजी कम्पनीहरुलाई उपलब्ध गराइएको पनि जानकारी दिएका छन् ।  स्वदबरी बजेट तथा कार्यक्रमको व्यवस्था मिलाइएको पनि उनको भनाई छ । 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार