जनकपुरधाममा छुरा प्रहार गरी मेयर साहका काकाको हत्या

बुधबार, असार १८, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

जनकपुर । जनकपुरधाममा उपमहननगरपालिकाका मेयर मनोज कुमार साहका काकाको छुरा प्रहार गरी हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ रामपुर निवासी अन्दाजी ७५ वर्षिय बासुदेव प्रसाद विमलको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधवार (आज) बिहान बासुदेवलाई उनको आफ्नै ज्वाइँ वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठ छुरा प्रहार गरी भागेको आफन्तले जनाएको छ । उनी दुबैबीच घरायसी विवाद रहेको घटनास्थलमा रहेका प्रत्यक्षदर्शी उनका आफ्न्तहरुले बताए । छुरा प्रहारबाट घाइते भएका बासुदेवको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । आरोपित भनिएका बेचन फरार भएका छन । जिल्ला प्रहरी कार्यायल धनुषाका अनुसार घटनाको सुक्ष्म रुपमा अनुसन्धान सुरु गरिएको छ भने, आरोपित भनिएका बेचनको पनि खोजी सुरु गरिएको छ । 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार