संसदमा आएका विधेयक हेरफेर हुनु गलत  : डा.कोइराला

मंगलबार, असार १७, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदको सर्वसहमति भएका समितिबाट पास भएका विधेयक संसद्मा आइसकेपछि हेरफेर हुनु अपराध भएको बताएका छन् ।  मंगलबार वरिष्ठ लेखक तथा सुप्रसिद्ध साहित्यकार मधुसुदन पाण्डेयद्धारा लिखित, अनुदित, सम्पादित तथा सहलिखित ‘शताधिक पुस्तक लोकापर्ण समारोह २०८२’ कार्यक्रममा बोल्दै उनले समितिबाट संसदमा आएका विधेयक हेरफेर हुनु गलत भएको र कसैलाई क्षम्य नहुने बताएका हुन् ।  उनले भने, ‘हामी कति  गन्धा खेल खेलिरहेका छौ भन्ने कुरा अहिलेको घट्नाले पुष्टि गरेको छ । संसदको समितिबाट सर्वसहमतमा पास हुन्छ अनि संसद्मा आइसकेपछि हेरफेर हुन्छ त्यो त सरासर अपराधिक काम हो । को दोषि हो म भन्न सक्दिन । मलाई थाहा हुँदैन तर जो पनि दोषि हुन्छ उनीहरुलाई क्षम्य गर्न हुँदैन । यस्तो गर्न थाल्यो भने देश कता जान्छ ?’ उनले अहिले कसैले पनि राजनीतिक नगरेको भन्दै राजनीतिक गर्नेहरु निष्ठावान हुनुपर्ने बताए । 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार