सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा भएको त्रुटिबारे छानबिन गरी संलग्न व्यक्तिलाई कारवाहीका लागि माग गरेको छ । पार्टी कार्यालय सानेपामा जारी पार्टीको केन्दीय कार्यसमितिको बैठकपछि मंगलबार सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता डा. प्रकाश शरण महतले सरकारले संशोधन ल्याएर विधेयकमा संशोधन गनुपर्ने र छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने धारणा कांग्रेसको रहेको जानकारी गराए । उनले भने,‘जसले त्यहाँ पदको दुरुपयोग गरिरहेको छ, अवश्य पनि उनीहरूलाई छानविनको दायरामा ल्याउनुपर्छ । र तत्काल ‘कुलिङ पिरियड’ हटाएर त्यो प्रस्तावित भएको त्यसलाई संशोधनमा ल्याएर सच्याउनुपर्छ । छानविन गरेर दोषीलाई कारबाही पनि गर्नुपर्छ । र समितिमा भएको सहमति अनुसार ‘कुलिङ पिरियड’ राखेर नै संशोधन गर्नुपर्छ ।’ त्यस्तै उनले सरकारमा कांग्रेसको प्रभावकारी सहभागिता कसरी बढाउने भन्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।