सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्वाचन आयोगले रुपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गराउने निर्णय गरेको छ । उक्त क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिपक बोहराको निधन भएका कारण उक्त क्षेत्र रिक्त छ । बोहोको गत चैत १९ गते निधन भएको थियो । नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्य पद एक रिक्त भएको संघीय संसद सचिवालयले गत चैत ३१ गते पत्र आयोगलार्य जानकारी गएपछि उपनिर्वाचन गराउन लागिएको हो । प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै प्रतिनिधि सभाको कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संविधानको धारा ८४ को उपधारा ७ अनुसार उपनिर्वाचनको मिति तोक्नुपर्ने संवैधानिक एवं कानूनी व्यवस्था रहेको छ । संविधानको सोही व्यवस्था बमोजिम निर्वाचन आयोगको हिजो बसेको बैठकले रुपन्देही क्षेत्र नं. ३ मा उपनिर्वाचन गर्न निर्वाचनको मिति तोक्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सफल पार्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालाहरूमा निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ प्रवक्ता पोखरेलले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।