आयोगले स्थगित गर्‍यो मतदाता नामावली दर्ता  कार्य 

मंगलबार, असार १७, २०८२

काठमाडौं । रुपन्देही जिल्ला क्षेत्र नं. ३ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ । रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने आयोले निर्णय गरेको छ । मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को खण्ड (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकोले नियमित रूपमा निर्वाचन कार्यालयहरूबाट भइरहेको मतदाता नामावली दर्ता सम्बन्धी कार्य मिति आजैदेखि अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गरिएको आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छन् । 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार