कांग्रेस केन्द्रीय समिति बैठक आजबाट

सोमबार, असार १६, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । विधानतः हरेक दुई महिनामा बस्नुपर्ने यो बैठक ९ महिनाको अन्तरालपछि बस्न लागेको हो । दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विभिन्न महत्त्वपूर्ण एजेन्डाहरूमाथि छलफल हुने बताइएको छ । यसका साथै, पार्टीको १०० दिने अभियानमा खटिएका प्रतिनिधिको प्रतिवेदन पनि बैठकमा पेस गरिने बताइएको छ । बैठकमा प्रदेश सरकारमा रहेका मन्त्रीहरूले पनि आ–आफ्नो मन्त्रालयले गरेका कामहरूको जानकारी  गराउने कांग्रेसले जनाएको छ  । छलफलका मुख्य एजेन्डाहरूमा भातृ संस्थाको म्याद थप, सरकारको कामको समीक्षा, क्रियाशील सदस्यता वितरण र समसामयिक राजनीतिक अवस्था रहेका छन् ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार