सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । इरानले अमेरिकासँगको परमाणु वार्ता पुनः सुरु हुनुअघि वाशिङ्टनले थप सैन्य कारबाही नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने चेतावनी दिएको छ । इरानी उपविदेशमन्त्री मजिद तख्त–रवान्छीले दिएको एक अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले विभिन्न माध्यमबाट वार्तामा फर्कन संकेत गरेपनि, सैन्य हमलाबारे ठोस आश्वासन नदिएको बताउँदै यस्तो चेतावनी दिएका हुन् । जुन १३ मा इजरायलले इरानविरुद्ध सैनिक कारबाही थालेपछि मस्कटमा तय गरिएको छैटौँ चरणको अप्रत्यक्ष परमाणु वार्ता स्थगित भएको थियो । दुई दिनपछि हुने भनिएको वार्ता विफल हुनुको कारण यही सैन्य तनाव भएको इरानी पक्षको दाबी छ । त्यसयता, इजरायल र इरानबीच झण्डै दुई हप्ता लामो द्वन्द्व चल्यो । यस अवधिमा इरानले मिसाइल आक्रमण गरेर जवाफ दिएको थियो भने अमेरिका पनि इजरायलको पक्षमा उभिँदै प्रत्यक्ष रूपमा भिडन्तमा उत्रिएको थियो। अमेरिकी सेनाले इरानका तीन प्रमुख आणविक स्थलहरू (फोर्डाे, नटान्ज र इस्फहान) मा शक्तिशाली बम प्रहार गरेको पुष्टि भएको छ । इरानले भने बारम्बार आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र रहेको दाबी गर्दै आएको छ । मन्त्री तख्त–रवान्छीले गोप्य रूपमा आणविक हतियार निर्माण गरिरहेको आरोपलाई अस्वीकार गरेका छन् । यसबीच, इजरायलले इरान आफ्नो आणविक हतियार निर्माणको अन्तिम चरणमा पुगेको भन्दै निशाना बनाएको र इरानका वैज्ञानिक तथा सैन्य कमान्डरहरूलाई लक्षित हत्या गरेको थियो । त्यसपछि युद्ध १२ दिनसम्म लम्बिएको थियो ।