यस्तो छ आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

सोमबार, असार १६, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ  ९४ पैसा र बिक्रीदर १६० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ १८ पैसा र बिक्रीदर १८८ रुपैयाँ कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १२ पैसा र बिक्रीदर ८९ रुपैयाँ  ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०० रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नारुपैयाँ  ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ  ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ  ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा कायम भएको छ । युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा तोकिएको छ ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार