असार १५ संस्कृति र एकताको प्रतिक पनि : अर्जुन नरसिंह केसी

आइतबार, असार १५, २०८२
Global Ime Bank

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले आफ्नो गृह जिल्ला नुवाकोटमा धान रोपाइँ गरेका छन् ।  असार १५ अर्थात २२ औं राष्ट्रिय धान दिवसको अवसरमा उनले नुवाकोटस्थित लिखु गाउँपालिका–६, थानसिंह गाउँमा धान रोपाइँ गरेका हुन् ।  केसीको प्रमुख आतिथ्यतामा नेपाल किसान महासंघ नुवाकोटले उक्त धान रोपाइँ कार्यक्रमको आयोजना गरेको थियो । किसानको मेहनतलाई सम्मान र हौसला प्रदान गर्ने उद्देश्यले उनी रोपाइँ कार्यक्रमममा सहभागि भएका हुन् । रोपाइँ कार्यमा सरिक हुँदै उनले असार केवल खेतीको समय मात्र नभई यो संस्कृति र एकताको प्रतिक भएको धारणा व्यक्त गरे । सरकार र विभिन्न संघ संस्थाहरुले आज देशभर धान रोपाइँ कार्यक्रम गरेर र दही चिउरा खाएर रोपाइँ महोत्सव मनाएका छन् ।

Photo-(1)-(26)-1751209632.jpg
 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार