सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । विशेष अदालत, काठमाडौंका न्यायाधीशत्रय तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतविरुद्ध उक्त धरौटी मागको आदेश दिएका हुन् । टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध अख्तियार दुरूपयोग आयोगले भ्रष्टचार मुद्दा दायर गरेको थियो । त्यसपछि उनको पद स्वत निलम्बनमा परेको थियो । कांग्रेस नेता बस्नेत आजै अदालतमा उपस्थित भएका थिए । त्यसको थुनछेक बहसपछिको आदेशमा धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश जारी गरेको हो ।