सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव आज स्पेन प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुनका लागि मन्त्री यादव स्पेन प्रस्थान गरेका हुन् । मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीका अनुसार कार्यक्रम यही असार १७ गतेदेखि १९ गतेसम्म सञ्चान हुनेछ । उक्त कार्यक्रममा सहभागि हुनका लागि मन्त्री यादव सहित मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य समेत स्पेन प्रस्थान गएको मन्त्रालयले जनाएको छ । विकासका लागि वित्तसम्बन्धी उक्त सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू सहभागी हुनेछन् । नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाजसमेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ । धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुने जनाइएको छ । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेसनल कन्फ्रेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स (एफएफडी–४)’ का लागि राष्ट्रंघका महासचिव एन्टेनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली शनिबार भ्रमणमा गएका छन् ।