सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पछि छलफल गरिएको थियो, छलफल सकिए पछि सो बिधेयक पारित भएको हो । मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफलका लागि संसद्मा प्रस्तुत गरेका थिए, सो विधेयकमा दुइ दर्जन भन्दा बढी सांसदले आ आफ्नो धारणा राखेका थिए । अब प्रतिनिधिसभाकाे बैठक असार २३ गते बस्नेछ ।
प्रभु साहले रोष्ट्रममै च्याते निजामती सेवा विधेयक आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयक रोष्ट्रममै च्यातेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथि छलफलमा भाग लिँदै विधेयक स्वीकार गर्न नसक्ने बताउँदै रोष्ट्रममै विधेयक च्यातेका हुन् । उनले भने, ‘गरिबलाई रूवाउने विधेयक हामीलाई स्वीकार्य छैन। यो नेपाली जनताले कुनै पनि हालतमा स्वीकार्ने छैन। यस्तो अपराधिक कामको साक्षी म बन्न सक्दिनँ। सांसदहरूले पनि नबन्न आग्रह गर्दछु। यस्तो चिरहरण, भविष्यमाथि कत्लेआम गर्ने साक्षी हुन नसक्ने व्यहोरा अनुरोध गर्दै आजको यो बैठक बहिष्कार गर्दै यसलाई स्वीकार गर्न सकिन, म च्यात्छु ।’ उक्त विधेयक गरिबमारा रहेको कारण स्वीकार्य नरहेको र आफूले बैठक पनि बहिष्कार गरेको बताए । यस्तै उनले निजामती विधेयक पारित भएमा देशमा आगो बल्ने पनि बताए । उनले आफू यो विधेयक पारित गर्ने मतियार हुन नसक्ने पनि बताए । उनले भने, ‘यो गरिबमारा निजामती विधेयक पारित भयो भने देशमा आगो बल्छ । गरिबको भविष्यलाई कत्लेआम गर्नेगरी आएको यो विधेयक हामीलाई स्वीकार्य छैन । यदी यो आज पारित भयो भने यो कालो दिन हुनेछ ।’