प्रदेशबाटै एसईई गर्न मन्त्री पन्तको प्रस्ताव

शनिबार, असार १४, २०८२
Global Ime Bank

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाटै गर्न सरकारले प्रस्ताव गरेको छ । शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले सो प्रस्ताव अघि सारेका हुन् ।  बैठकमा बोल्दै उनले एसईई प्रदेशबाट सञ्चालन गर्नुपर्ने र एसईईले गुणस्तर कायम गर्न मद्दत पुग्ने बताए । उनले एसईई हटाइयो भने सीटीभीटीमा भर्ना के गर्ने भनि प्रश्न गरे ।  उनले भने, ‘बजेटमा पनि एसईई प्रदेशमा दिने भनेर पास गरेको छ । सीटीभीटीमा भर्ना हुने पनि एसईई पछि हो । एसईई हटायो भने सीटीभीटीमा भर्ना के गर्ने ।  सरकरले प्रदेशमा गर्ने भनेर ल्याएको छ । एसईई राखौं प्रदेशबाट सञ्चालन गरौं । एसईईले गुणस्तर कायम गर्न मद्दत गर्छ ।’ 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  २०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार